Breaking

देउवालाई थर्काउँदै प्रचण्ड–माधव, काँग्रेसमाथि कम्युनिष्ट हाबी, वाम एकतामा सबैको एकै स्वर


काठमाडौँ — स्थानीय तहको चुनावी मतपरिणामलाई लिएर सत्तागठबन्धनका दलहरुले नेपाली काँग्रेसमाथि रोष पोखिरहेका छन् ।जसले आगामी निर्वाचनमा गठबन्धनको भविष्य नै अन्योलमा परेको छ । दलहरु फरक समीकरणबारे सोच्न थालेपछि नेपाली काँग्रेस दबाबमा परेको छ । बैशाख ३० को निर्वाचनअघिसम्म माओवादीमाथि काँग्रेस नेताका अभिव्यक्ति तीखो प्रहार मात्रै थिएनन्, आत्मसम्मानमै ठेस पुग्नेगरि आइरहेका थिए ।

काँग्रेसीले माओवादीलाई भोट हाल्ने संस्कारै नभएको भन्दै हैसियतविहिन पार्टीसँग चुनावी तालमेल नगर्नेसम्मको अडान लिएका नेताहरुले ‘हात्तीका कानमा चमेराको ओत’ भन्दै आफु ठूलो हुनुको दम्भ पालिरहेका थिए। देउवाकै बलजफ्तीमा जेनतेनगठबन्धन सफल भयो, काँग्रेसीको आकलन बाहिर गरेर माओवादीले भोट ल्यायो । विगतमा भन्दा १५ सिट थपेको माओवादीले ५३ पालिका आफ्नै बलबुता र ६८ पालिका गठबन्धनको सहकार्यमा जित्यो ।

उता काँग्रेसलाई पहिलो पार्टी बनाउन माओवादी लगायतका दलहरुले भूमिका खेले ।अब माओवादी नभइ आगामी संसदीय निर्वाचनमा काँग्रेस पहिलो हुने कुरा सम्भावना बाहिर छ । तेस्रो शक्ति जता उसकै हातमा सत्ता हुने अवस्था आएपछि भने अब माओवादीले काँग्रेसलाई हेप्न थालेको छ । आफ्नो महत्व बुझाउने मात्रै होइन, धम्की नै दिएर बदला लिन खोजिरहेको छ ।जसको पहिलो आक्रमण माओवादी अध्यक्ष प्रचण्डले दम्भ देखाए एमाले झैं ठेगान लगाउने भनेर बुधबार मात्रै दिएका छन्।

प्रचण्डले मुलतः वाम एकता र एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै काँग्रेसलाई झस्को दिइरहेका छन् । तथापी यसलाई आगामी निर्वाचनका लागि हिस्सा थप्ने बार्गेनिङ टूल्सका रुपमा प्रयोग गरिएको विश्लेषण भइरहेका छन् ।निर्वाचनपछि काँग्रेसले नेकपा एकीकृत समाजवादीको समेत हप्की खाइरहेको छ ।आफैलाई मात्र सोचेर काँग्रेसले तालमेल गरेपछि परिमाण सम्मानजनक नआएको भन्दै बेहद असन्तुष्ट भएको उसको भनाइ छ ।बरु काँग्रेसभन्दा वामहरुबीचकै एकता हुनु अहिलेको आवश्यकता मानेको समाजवादीले फरक समीकरणबारे सोच्ने मात्रै होइन, गठबन्धनबाटै अलग्गिने संकेत गरेको छ ।

अब काँग्रेसका अघि निर्वाचनपछिको परिणामबाट हौसिएका र हच्किएका दुई ठूला वाम घटकलाई मिलाएर जाने कि एक्लै संसदीयनिर्वाचनको सामना गर्ने रोज्ने बेला भएको छ । मिलाउन हैसियतभन्दा बढी भाग दिनुपर्ने हुनसक्छ ।एक्लै जाँदा यीनै वामघटकको समर्थनमा फेरि एमाले पहिलो हुनसक्छ ।फलतः आवश्यकताका आधारमा भन्दै गरिएको गठबन्धनस्वार्थ नमिलेकै कारण औचित्यविहिन बन्ने दिनको पर्खाइमा छ ।

सत्तामा रहेको जसपाले समेत चुनावी परिणामको समीक्षा गर्दै विचार मिल्नेसँगको गठबन्धन र तालमेलबारे पुनर्विचार गर्नुपर्ने बताएको छ ।जनमोर्चालाई गठबन्धनमा हुनु र नहुनुको भिन्नता देखिदैन ।उता गठबन्धनकै बलमा कात्तिक वा मंसिर पहिलो सातातिर निर्वाचन गर्ने तयारी गरेका प्रधानमन्त्री देउवालाई समेत कसैनकसैको साथ नभएर हुँदैन । यता कम्युनिष्ट पार्टी भएर पनि एक हुन र विभाजित हुन सैदान्तिक कारण नचाहिने भएपछि स्वार्थ मिलाइको प्रखाईमा वामहरु रहेका एक हुन खोजिरहेका छन् ।जसले सबैभन्दा ठूलो धक्का नेपाली काँग्रेसलाई लाग्ने पक्का छ ।
योहो टेलिभिजनका लागि सन्तोष विके थापा, काठमाडौं ।