देश

एकीकृत समाजवादीका नव नियुक्त मन्त्रीहरुको भोली शपथ ग्रहण हुने


काठमाडौँ — नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएका मन्त्रीहरुको सोमबार शपथ हुने भएको छ । समाजवादीबाट मन्त्रीमा सिफारिस भएका एक नेताले सोमबार अपराह्न शपथका लागि तयारी अवस्थामा बस्न खबर आएको जानकारी दिए । समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । पौडेलका अनुसार मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने गरी सिफारिस भएको छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए ।