Breaking

रामकुमारी झाँक्री बाहिरिदा सांसद मेटमणि चौधरीले पाए अवसर


काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टी मन्त्री परिवर्तनको निर्णय गरेपछि केही चर्चित अनुहार बाहिरिएका छन् । आईतबार काठमाडौंमा बसेको सचिवालय बैठकले मन्त्री परिवर्तन गरेसँगै दुई चर्चित अनुहार बिदा भएका छन्। समाजवादीले नयाँ पाँच मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइसकेको छ। समाजवादीको यो निर्णयले सहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि बाहिरिएकी छन्।

उनको स्थानमा दाङका सांसद मेटमणि चौधरीले अवसर पाएका छन्। यसअघि गत असोजमै मन्त्रिपरिषद् हेरफेरका क्रममा उनी मन्त्रीको दौडमा थिए। तर एमालेबाट अन्तिममा विद्रोह गरेका प्रेम आले र किसान श्रेष्ठलाई समेट्नु परेपछि चौधरी आउट भएका थिए। उनले त्यसबेला मन्त्री हुन नपाएपछि को मन्त्री बन्यो वा बनेन भन्ने विषय मुख्य नहुने उल्लेख गरेका थिए । सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ। कहिलेकाहीँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ।