Breaking

एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्रीको टेबलमा


काठमाडौँ — नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय पौडेलले जानकारी दिए ।

उनका अनुसार मेटमणि चौधरी शहरी विकासमन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए । यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।​