Breaking

किशोर मृत भेटिएको घटना अनुसन्धान गर्न ब्यूरोको टोली परिचालन


काठमाडौँ — अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । शनिवार कक्षा १० मा अध्ययनरत विनोद शाही जंगलमा मृत भेटिएका थिए । घटना अनुसन्धानमा सुदूरपश्चिम प्रदेशमा रहेको ब्यूरोको टोलीलाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए ।

कञ्चनपुरमा निर्मला पन्त हत्या अनुसन्धानमा खटिएका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । विनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् । आक्रोशित स्थानीयले प्रहरीलाई घटनास्थलमा जान रोकेका थिए । तर, अहिले शव घटनास्थलबाट निकालेर पोष्टमार्टम गर्न स्थानीय सहमत भएका छन् ।