Breaking

बिदाको दिन सडकमा सरकारी गाडी, कर्मचारी नै नियम उल्लंघन गर्दै


काठमाडौँ — देशमा आर्थिक संकट चुलिएपछि सरकारले प्रशासनिक खर्च घटाउन भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, आज आइतबार पनि काठमाडौँको सडकमा छ्याप्छ्याप्ती सरकारी सवारीसाधन गुडेको भेटियो ।

कार्यालय बिदा भएपनि सरकारी कर्मचारीले के प्रयोजनका लागि सरकारी सवारीसाधन प्रयोग गरे ? भन्ने पत्तो छैन । आइतबार कार्यालय समय सुरु नहुँदै सडकमा सरकारी नम्बरप्लेटका गाडी तथा मोटरसाइकल हुँइकिरहेका थिए ।

खर्च घटाउन शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयको आलोचना भइरहेको छ । कतिपय कार्यालयले भने सरकारी निर्णय नमान्ने पनि बताइरहेका छन् ।