Breaking

माओवादीका पूर्वस्थायी कमिटी सदस्यको बैठक सकियो, के भयो निर्णय ?


काठमाडौँ — नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरुको छलफल सकिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुलमटारमा बसेको बैठकमा पार्टीको आन्तरिक ब्यवस्थापनसम्बन्धी छलफल भएको पूर्व स्थायी कमिटी एक सदस्यले जानकारी दिए।

यो बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे पनि छलफल भएको छ ।
पदाधिकारी चयनबारे आजको बैठकमा छलफल भएको छैन । अखिल क्रान्तिकारीको अक्ष्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएदेखि नै असन्तुष्ट पक्षले विरोध गर्दै आएको थियो ।

विवाद चुलिएसँगै असन्तुष्ट पक्षले प्रचण्डको फोटो राखेर समानान्तर कार्यक्रम नै आयोजना गरिसकेको छ ।