समाचार

तनहुँमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


काठमाडौँ — तनहुँमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ व्यास नगरपालिका १२ देउरालीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बन्दीपुर गाउँपालिका १ का २० वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तीव्र गतिमा रहेको ग १ क ५५३३ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।