समाचार

पनौतीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


काठमाडौँ – काभ्रेपलान्चोकको पनौती नगरपालिका ५ स्थित आई.टी पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बलेफी नगरपालिका ६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराति साढे ९ बजे ठक्कर दिएको थियो। दुर्घटना लगत्तै सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको छ ।