Breaking

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ ।

बैठक प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको हो । बैठकका एजेण्डाबारे थाहा नभएको एक नेताले बताए ।

स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । बजेट कार्यान्वयन, सरकारका काम, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल हुन सक्ने छ ।

यसअघि बोलाइएको केन्द्रीय समितिको बैठक भने माओवादीले स्थगित गरेको छ ।