समाचार

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु


काठमाडौँ – कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिवार साझ चिरही खोलामा माछा मार्न गएका बिजयनगर गाउँपालिका-१ का ४५ वर्षका जोक बहादुर खन्गाहाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी नायव उपरीक्षक विजयराज तिमल्सीनाले जानकारी दिए ।

जोक बहादुरलाई खोलामा डुबेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । कुमालको शवलाई पाष्टमार्टमका लागि बहादुरगंज अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने ईलाका प्रहरी कार्यालय जनाएको छ ।