Breaking

माओवादी पूर्व स्थायी कमिटीको बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ ।

बैठक अहिले बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा एक सदस्य बताए । उनका अनुसार आजको बैठकका कार्यसूचीबारे जानकारी दिइएको छैन ।

शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज बिहान साढे ८ बजेसम्मका लागि सरेको थियो ।
स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गर्न लागिएको हो ।

माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो । ८ औं महाधिवेशन सकेको माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी टुंग्याउन सकेको छैन ।

महासचिवका दाबेदार बढ्दै जाँदा प्रचण्डलाई पदाधिकारी टुंग्याउन सकस परेको छ । यसअघि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।