Breaking

गठबन्धनमा चर्कियो मतभेद्, ओलीतिर ढल्कीदै झलनाथ, प्रचण्डको धम्की सुरु, फरक–फरक गठबन्धन बन्दै


काठमाडौँ — स्थानीय तहको मतपरिणामपछि हौसिएका दलहरु आगामी संसदीय निर्वाचनमा समेत गठबन्धनको कसरतमा अघि बढ्न खोजिरहेका छन् । तर गठबन्धनकै दलहरुबीच देखिएको मतभेद् र प्रमुख प्रतिपक्षको रणनीतिका अगाडिफरक फरक सम्भावना देखिन थालेका छन् । स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नजरमा गठबन्धन सफल देखियो ।

किनकी देउवा नेतृत्वको नेपाली काँग्रेसले गठबन्धनकै बलमा नसोचेकै ३२९ पालिकाको नेतृत्व हत्यायो ।निर्वाचनबाट सखापै हुन्छ भनिएको माओवादी केन्द्रले समेत १५ सिट थपेर १२१ पालिकाको नेतृत्व गर्ने हैसियत बनायो । अब उनीहरु गठबन्धनकै बलमा संसदीय निर्वाचनमा गए आफ्नो भलाइ हुने बुझिरहेका छन् । तर हैसियत बढाउन दुबैको आफ्नै गृहकार्य चलिरहेका छन् । र त्यसमा धाक, धम्की र घुर्किको समेत प्रयोग भइरहेको छ ।

तर एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीको राष्ट्रिय हैसियत यो निर्वाचनमा आम अपेक्षाभन्दा निकै थोरै मात्र देखियो । जसपा र जनमोर्चा जस्ता शक्तिले समेत चुनावी परिणामबाट चित्त दुखाइरहेका छन् ।आशंका र अविश्वासकै बीच चुनावी तालमेलसहित निर्वाचनमा गएपनि यी दलहरुलाईसहयात्री पार्टीबाटै उत्साहजनक मत नखसेपछि संसदीय निर्वाचनमा सशंकित बन्ने अवस्था आएको छ । तालमेलमा समस्या भएपछि फरक ढंगबाट सोच्न थालेको नेताहरु बताउँछन् ।स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाएका दलहरु नै अब वाम एकता र फरक समीकरणको सम्भावनामाथि खेल्न खोजिरहेका छन् ।

स्थानीय तह निर्वाचन२०७४ मा समेत काँग्रेससँग तालमेल गरेको माओवादीले संसदीय निर्वाचनमा वाम एकतासहित एमालेसँग तालमेल गरेको थियो । फेरि आउँदो निर्वाचनमा पनि वाम गठवन्धन हुनेबारे चर्चा चलिरहेको छ । केहि दिनअघि प्रचण्डले दिएको अभिव्यक्तिले पनि त्यसको सम्भावनालाई नकार्न मिल्दैन । तर एमालेसँग नजिकिन भन्दा पनि काँग्रेससँग हिस्सेदारी बढाउनप्रचण्डले दिमाग चलाएको अर्थमासमेत विश्लेषण भइरहेका छन् ।

तर ठूला दलकोभूमिकाप्रति गठबन्धनका साना दलहरु असन्तुष्टमात्रै छैनन्, विगतका टुटफुटमाथि समीक्षा गर्न थालेका छन् । निर्वाचनअघि नै फुटेको जसपाले समेत लोसपासहितका दलहरुसँगै तालमेलको सम्भावना खोजिरहेको छ ।

गत निर्वाचनदेखि नै दलहरुबीच गठबन्धन एकप्रकारको संस्कृतिकै रुपमा विकास भइरहेको छ ।दलहरु एक्लाएक्लै र वैचारिक धारभन्दा पनि भिन्न स्वार्थहरुको गठजोडमा केन्द्रीत बनेका छन् । आगामी निर्वाचनमा एमाले–माओवादीसहितका दलहरुको गठबन्धन पुनः चर्चामा छ । यसका लागि प्रधानमन्त्रीकै अफर गरेको विषयसमेत बाहिरिएका छन् ।

मुलतः गठबन्धन माओवादी भन्दा एमालेका लागि आवश्यक देखिन थालेको छ । किनकि तेस्रो शक्तिका रुपमा जता मिले पनि सत्ताको लाभ लिने अवसर माओवादीलाई मात्रै छ । एमालेका लागि आफ्नै बलबुतामा निर्वाचन जित्नु या माओवादीको सर्तमा गठबन्धन अनुसार जानुको दुई विकल्प मात्र देखिन्छ । तर पनि उनीहरु गठबन्धन संस्कृति नै गलत रहेको बताउँछन् ।

स्थानीय तहको मतपरिणामले विचलित बनेको एमालेसंघीय र प्रादेशिक चुनावलाई दृष्टिगत गर्दै वर्तमान सत्ता गठबन्धनलाई संसदीय चुनावअघि नै भत्काउनु पर्ने बाध्यकारी अवस्था आएको छ । किनकिगठबन्धन कायमै रहँदा आफ्नोविजयकारी समीकरण बनाउन पनि एमालेका लागि भारी देखिन्छ । फलतः फरकफरक समीकरणमाथिका चर्चा र कसरतहरु बाहिरीन थालेका छन् ।