Breaking

एक सय दिन नाघ्दा के हुँदैछ रुस–युक्रेन युद्ध ? युक्रेनका एक ६८ लाख मानिस शरणार्थी


काठमाडौँ — युक्रेन र रुसबीच भएको युद्धको आज १०१ दिन पूरा भएको छ । आडमै रहेको युरोप होस् वा हजारौँ माइल टाढा रहेको अमेरिका, युक्रेनमा जारी तनाव सबै देशका लागि तनावपूर्ण बनेको बनेको छ । युक्रेन र रुसबीच भएको युद्धको आज १०१ दिन पूरा भएको छ ।

सन् २०१४ फेब्रुअरीमा सुरु भएर हालसम्म पनि निरन्तर चलिरहेको युद्धमा रुसले युक्रेनको २० प्रतिशत भूभाग आफ्नो कब्जामा लिन सफल भएको छ । साथै रुसी सेनाले युक्रेनमा हालसम्म २५ हजार किलोमिटर सडक, सयौं पुल, १२ विमानस्थल, ५ सय स्वास्थ्य केन्द्र, २ सय उद्योग तथा कारखाना र झन्डै एक सय शैक्षिक संस्था ध्वस्त बनाएको छ ।

युद्धका कारण युक्रेनी अर्थतन्त्रले अहिलेसम्म १०५.५ मिलियन डलर गुमाएको छ । गत साता मात्रै अर्थतन्त्रलाई ८ अर्ब डलर भन्दा बढीको नोक्सान भएको छ । रुसको आक्रमणले युक्रेनका धेरै शहरका भवनहरू भग्नावशेषमा परिणत भएका छन् । अफ्रिकाका धेरै देशहरू खाद्यान्नका लागि युक्रेन र रसियामा निर्भर छन् । रुस युक्रेन युद्धका कारण अफ्रिकामा झनै खाद्यान्न संकट बढ्दै गएको देखिन्छ । खाद्यन्न आयातका लागि अफ्रिकी संघका प्रमुख र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता भएको थियो । अन्य देशहरुले पनि दुई देशको तनावपूर्ण अवस्थाका कारण महंगी र अस्थिरताको सामना गरिरहेका छन् ।
जर्मन सांसदहरूले युक्रेनलाई सहयोग गर्ने सन्दर्भमा शुक्रबार एक सय अर्ब युरो सहयोगको प्रस्तावलाई अनुमोदन गरेका छन् । यसको उद्देश्य युक्रेनी सेनालाई प्राविधिक हतियारले सुसज्जित गर्नु हो । अमेरिका र बेलायतबाट पनि युक्रेनले असाधारण सैन्य सहयोग पाइरहेको छ । एकातिर युक्रेनलाई युरोपेली मुलुकहरुको अविरल साथ अर्कातिर रुसको निरन्तर आक्रमणले युक्रेन युद्ध मोर्चामा थलिएको छ । युद्धका कारण युत्र,ेनबाट झण्डै ६८ लाख मानिसहरु विस्थापित भइसकेका छन् ।

यो युक्रेनको कुल जनसंख्याको लगभग १५ प्रतिशत हो । यूएनएच आरसीको प्रतिवेदन अनुसार ती मध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन्, जसका कारण पोल्याण्डको जनसङ्ख्या १० प्रतिशतले बढेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको युद्धमा हरेक दिन १०० सैनिकको मृत्यु भइरहेको बताएका छन् ।

एकै समयमा दैनिक ४ सयदेखि ५ सय सैनिक घाइते भइरहेका छन् ।
युद्ध सुरु भएको १०१ दिन नाघिसक्दा पनि शक्तिशाली राष्ट्रहरु युद्धरत दुई पक्षसंग धु्रविकृत छन् । राष्ट्रसंघ देखि युरोपेली संघ, जि एट जस्ता शक्तिशाली संगठनहरु समन्वयमा कमजोर देखिएका छन् । जस्को असर युक्रेन र रुसले प्रत्यक्ष भोगिरहेका छन् भने विश्व अर्थतन्त्र समेत अस्थितामा धकेलिएको छ ।