Breaking

प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाणको भेट


काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । ललितपुरको खुमलटारमा रहेको अध्यक्ष प्रचण्डको निवासमा आज शनिवार भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सङ्घीय संसदमा पेस भएको आउँदो आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयक, पालिका चुनावको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ ।

सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको थियो ।