Breaking

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू


नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरू भएको छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो बैठक सुरू भएको हो ।

बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरू सहभागी छन् ।