काठमाडौँ — अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलोपटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यम सीएनएन ले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शनिबार सो कुराको जानकारी दिएको हो । रक्षा अधिकारीले भने, “अस्टिन र चीनका राष्ट्रिय रक्षामन्त्री जनरल वेइ फेन्घे बीचको भेटवार्ताको मिति र समय तय भने अहिलेसम्म भएको छैन ।
अस्टिनले आगामी शनिबार ९जून ११० मा साङ्ग्रिला संवाद नाम दिइएको रक्षा मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सिएनएनले रिपोर्ट गरेअनुसार अप्रिल २० मा अस्टिन र वेइले करिब ४५ मिनेट टेलिफोन सम्वाद गरेका थिए ।


प्रतिक्रिया