Breaking

माओवादीले बोलायो पूर्व स्थायी कमिटी बैठक


काठमाडौँ — नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यको बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्रोतले बताएको छ । स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गर्न लागि एको हो ।

माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो। आजको बैठकमा सो प्रशिक्षणबाट भएका उपलब्धिका बारेमा पनि छलफल हुनेछ।

८ औं महाधिवेशन सकेको माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी टुंग्याउन सकेको छैन्। महासचिवका दाबेदार बढ्दै जाँदा प्रचण्डलाई पदाधिकारी टुंग्याउन सकस परेको छ।

यसअघि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरिएको थियो । हिजो साँझ भर्चुअल रुपमा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।