समाचार

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौँ — रुकुम (पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुईजना घाइते भएका छन् । घाइतेको रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ ।