काठमाडौँ — आज (शनिबार) पनि देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि केही प्रदेशमा वर्षासमेत भइरहेको छ ।
स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावको कारण अहिले प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली छ ।
अहिले प्रदेश १ र मधेश प्रदेश प्रदेशका केही स्थानमा वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भएको छ। त्यो क्रम आज पनि जारी रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया