Breaking

जसपा र लोसपाबीच एकता : पाँच दलीय गठबन्धन छाड्नुपर्ने सर्त


काठमाडौँ — जनता समाजवादी पार्टी नेपाल जसपा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाबीच एकता वा गठबन्धनका लागि अनौपचारिक छलफल भएको छ । अनौपचारिक छलफलकै क्रममा लोसपाले जसपासामू दुई वटा सर्त तेर्स्याएको छ । ती सर्तमा जसपाले सरकार र पाँच दलीय गठबन्धन छाड्नुपर्ने रहेको लोसपाका एक नेताले बताए ।

कार्यकारिणी सदस्य समेत रहेका ती नेताका अनुसार जसपा पाँच दलीय गठबन्धन र सरकारमा रहेकै अवस्थामा पार्टी एकता वा गठबन्धनको विषयमा कुनै औपचारिक कुरा हुन कठीन छ । एकता वा गठबन्धनका लागि पहिलो सर्तकै रुपमा जसपाले सरकार छाड्नुपर्ने प्रस्ताव गरिएको उनको भनाइ छ ।