एक महिनामा ५३ हजार पर्यटक नेपाल आएका छन् । मे महिनामा मात्रै भारतका २६ हजार ६६२ सहित ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका हुन् । कुल पर्यटकमध्ये ५७ प्रतिशत सार्क मुलुकबाट नेपाल भित्रिएका छन्। जसमा भारतबाट मात्रै ४९.७४ प्रतिशत नेपाल भित्रिएका छन् ।
बंगलादेशबाट सन् २०१९ को तुलनामा २५० प्रतिशतले बढी पर्यटक भित्रिएका छन् । सन् २०१९ को मे महिनामा ९३२ पर्यटक भित्रिएकोमा २०२२ को मे महिनामा ३ हजार २६८ पर्यटक भित्रिएका छन् । मे महिनामा चीनका ९६ प्रतिशतले घटेको छ ।
२०१९ मा १० हजार ३२० पर्यटक भित्रिएकोमा अहिले ३८८ जना पर्यटक मात्रै भित्रिएका हुन् ।


प्रतिक्रिया