राजनीति

स्थानीय तहको मत परिणम पछि एकीकृत समाजवादीलाई अफरै अफर


काठमाडौँ — गत वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन भयो । नेकपा एमाले स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्ने उत्साहका साथ चुनावी मैदानमा उत्रियो । तर, एमाले नेपाली काँग्रेसभन्दा धेरै अन्तरले दोस्रो शक्तिमा खुम्चिने निश्चित भएपछि हतारहतार गत जेठ १ गते विज्ञप्ति जारी गर्दै ‘सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगायो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाए ।

मत परिणाम आउँदै गर्दा २०७४ सालभन्दा झण्डै एक सय स्थानीय तह गुमाउने अवस्थामा पुग्ने भएपछि एमाले अत्तालिँदै धाँधलीको आरोप लगाउन पुग्यो । स्थानीय तहको निर्वाचनमा काँग्रेस कुल ३२८ तह जितेर पहिलो शक्ति भएको छ भने एमाले २०५ स्थानीय तह जितेर दोस्रोमा खुम्चिएको छ । त्यसपछि क्रमशः नेकपा माओवादी केन्द्र १२२ तह र जनता समाजवादी पार्टी ३० तह र नेकपा एकीकृत समाजवादी २० तह जितेर तेस्रो, चौथो र पाँचौ दल भएको छ ।