Breaking

सरी नानी, हाम्रो समाज यति साम्प्रदायिक भइसकेछ : उपेन्द्र सुब्बा


काठमाडौँ – लेखक उपेन्द्र सुब्बाले नेपाली समाज संकीर्ण र साम्प्रदायिक बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नायिका मिरुना मगरमाथिको दुर्व्यवहार प्रकरणमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुब्बाले भनेका छन्, ‘म पहिचानको पक्षमा बीस वर्षयता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर, मलाई पत्तै भएन हाम्रो समाज यति संकीर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे । यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौं ।’

‘होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला रु’

‘म त आदिवासी हुनुमा गर्व गर्थेँ । तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बू सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी ।’