Breaking

सिसडोल पुगेर फर्किए बालेन र सुनिता, समाधान गर्ने कहिले ?


काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख  बालेन्द्र (बालेन) साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली शुक्रबार बिहान सिसडोल पुगेर फर्किएको छ ।

काठमाडौँको फोहोर व्यवस्थापनका लागि सिसडोलका स्थानीयसँग छलफल गर्नका लागि टोली सिसडोल पुगेको हो । स्थानीयको समस्याबारे सुनुवाई गर्न आफूहरु सिसडोल पुगेर फर्किएको हो ।महानगरपालिकाका तर्फबाट आफूहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएर प्रमुख र उपप्रमुख फर्किएको छ ।

मेयरमा निर्वाचित भएसँगै मेयर बालेन्द्र शाह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुगेका थिए । त्यसपछि आज बिहान चाँडै उनी सिसडोल पुगेका हुन् ।