समाचार

सिमरामा ३ सातासम्म उडान कटौती गर्ने तयारी


काठमाडौँ – बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।

विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती गर्न लागिएको हो ।

यस अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट यस अवधिमा दैनिक आधामात्रै उडान हुने छन् ।

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइने भट्टले बताए। सप्तकोसी निर्माण सेवा कम्पनीले विमानस्थल मर्मतसम्भारको ठेक्का लिएको छ ।