Breaking

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । आज साँझ भर्चुअल रुपमा केन्द्रीय कमिटी बैठक बस्ने तयारी भएको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै संसदीय चुनावसम्म कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ ।

यसअघि माओवादी केन्द्रले देशभरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बुधबार र बिहीबार प्रशिक्षण दिएको थियो । पार्टी केन्द्रीय कमिटीको बैठकअघि जनप्रतिनिधिलाई दिशाबोध गर्ने कामलाई उच्च प्राथमिकतामा राखिएको माओवादी एक नेता जानकारी दिए।