देश

सप्तकोशी नदीमा हाम फालेका लिम्बुको प्रहरीद्वारा उद्धार


काठमाडौँ — सप्तकोशी नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

झापाको कमल गाउँपालिका ५ का ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट हिजो बेलुका नदीमा हाम फालेका थियो ।

उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हवल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो । लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रहरीले जनाएको छ ।