Breaking

प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने नेपालको तर्क


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका हुन् ।

प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ उनले भने, यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको बताए ।

अध्यक्ष नेपालले नेकपा एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना समेत नरहेको बताए । ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन उनले भने । आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरुबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरु भष्म हुने बताए ।

धोका दिने तरिका विभिन्न पार्टीहरुले यसपटक पनि अंगालेका छन् । उहाँहरुलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरुको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरु भस्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु उनले गठबन्धन दलहरुलाई भने । उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए ।