समाचार

बारामा पोखरीमा डुबेर २ जनाको मृत्यु


काठमाडौँ — जिल्लाका छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हबी नगरपालिका–११ बेलवा का ५२ वर्षीय वीरनाथ चौधरीको मृत्यु भएको हो । बुधबार बेलुका साढे ९ बजे तिर उनी घरदेखि ५०० मिटर टाढा पोखरीमा डुबेको अवस्थामा मृत्त भेटिएका थिए ।

घाँस काट्न जान्छु भनी घरबाट निस्किएका उनी बेलुकी अबेरसम्म नर्फकिएपछि खोज्ने जाने क्रममा पोखरीमा शव देखेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

त्यसैगरी बुधबार साँझ कलैया उपमहानगरपालिका १६ मझौलिया टोलका ९ वर्षीय यस्तफा अन्सारीको डुबेर मृत्यु भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यस्तफा साथीसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएका थिए । त्यस क्रममा पानीमा डुबेका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारककै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।