Breaking

तारा एयर जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज हस्तान्तरण गरिँदै


काठमाडौँ – गत आइतबार पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव आज हस्तान्तरण गरिने भएको छ ।

पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौँ ल्याइएको थियो।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।