Breaking

निर्वाचनपछि झनै झमेला, मिश्रको विकल्प सकियो,बालेन–हर्कको उदयले प्रचण्ड सशंकित


काठमाडौँ — हरेक चुनावलाई अस्तव्यस्त अवस्थाको निराकरणका रुपमा लिइन्छ ।सामाजिक, आर्थिक र राजनीतिक रुपमा चुनावले नयाँ रुप दिने भएकै कारण जनताले उत्साहजनक सहभागिता पनि जनाउँछन् । तर पछिल्लो समय सानादेखि ठूला दलसम्मले जनताको भावनाअनुसार परिवर्तन देखाउन सकिरहेका छैनन् । वैकल्पिक शक्तिबन्न पत्रकारको जागिर त्याग गरेका रवीन्द्र मिश्रले पार्टी निर्माणको छोटो अवधिमै हार खाएरएक साताअघिविवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिए ।

बन्न त उनलाई भारतीय आम आद्मीपार्टी जस्तै बन्नु थियो । तर आन्तरिकसंघर्ष र टुटफुटले विवेकशील साझालाई जनताले पत्याउने अवस्था नबनेपछि चुनावमा हैसियतविहिनमात्रै बन्नु परेन, आफ्नो बलबुतामा अब सम्भव छैन भन्ने बुझेपछि मिश्रले राजीनामा पस्किएका हुन् । तर चुनावी नतिजाको जिम्मेवारी उठाउँदै राजीनामा दिएका मिश्रको नैतिकता अन्य दलका अघि हेर्न लायक छ ।पार्टीभित्रकै विरोधी पंक्तिले मिश्रको राजीनामा अवसर मानिरहेका बेला उनले फेरि भनेका छन्, ‘अब म खुइलिए, तपाइँहरुको राजनीतिक अभिष्ट पुरा होस् ।

’मिश्रले हारको खानुकोकारण विगतमा पार्टीले कमाएको चर्चा र वर्तमानमा गुमाएको विश्वास नै प्रमुख हो । किनकि वैकल्पिक शक्तिका पछाडी लाग्नु पर्ने भीड काठमाडौं जस्ता केही ठूला शहरमा स्वतन्त्रमाथि केन्द्रीत भएपछि उनी पछि हटेका छन् ।र यस्तो दबाबमा सानामात्रै होइन, ठूला राजनीतिक दलहरुसमेत परेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई सबक सिकाउन जनताले स्वतन्त्रलाई जिताएको निष्कर्ष सुनाएका छन् ।

स्वतन्त्रमाथि केही भरोशा देखिएपनि प्रमाणित हुनै बाँकी रहेका बेलावैकल्पिक भनिएकाहरु विकल्प बन्न सकेनन्, ठूला राजनीतिक दलहरु सच्चिन सकेनन् । फलतः जनतामा परिवर्तनको आशसमेत मर्दै गएको छ । यो स्थानीय तहको निर्वाचनलाई समेत जनताले परिवर्तनको एक सुरुवातका रुपमा बुझेर मतदान गरेका थिए ।तर चुनाव हुँदा मुलुक जहाँ थियो, चुनावपछि पनि पर पुग्ने कुनै संकेत देखिएको छैन । बरु सत्तापक्ष र प्रतिपक्षको गोरु जुँधाईले राष्ट्रिय समस्या ज्युँका त्युँ छन् ।

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाखभन्दा बढीले मतदाताको सहभागिता थियो । यो सबै संख्यालेकुनै न कुनै रुपमा परिवर्तनको अपेक्षा गरेको थियो । मताधिकारको उद्देश्य अनुसार नै राजनीतिक नेतृत्व चलिदिओस् भन्ने उनीहरुको चाहना हो । तर राष्ट्रिय समस्या निराकरणका लागि दलहरु एक ठाउँमा उभिन सकेका छैनन् ।आ–आफ्नै स्वार्थ अनुकुलका दलहरुले लगातार जनताको मतमाथि भने अपमान गरिरहेका छन् ।फलतः देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्था चौपटपूर्ण बनेको छ ।