Breaking

छिटो संसदीय निर्वाचन गराउने देउवाको ईच्छा किन ? कसरी फकाउलान् आफ्नै नेता र प्रचण्ड–माधवलाई ?


काठमाडौँ — स्थानीय तह निर्वाचन सम्पन्न भएको झण्डै तिनहप्ता पुग्दानपुग्दै संसदीय निर्वाचनबारे छलफल सुरु भएको छ । जहिले चुनाव गरेपनि आफू तयारी अवस्थामै रहेको एमालले पूर्ववती भनाई र स्थानीय तहको नतिजाले उत्साहित कांग्रेसका कारण यथासक्य चाडो संसदीय निर्वाचन गर्ने तयारी सुरु भएको हो । आकाकानीका बीच स्थानीय तह निर्वाचन गरेको सत्ता गठबन्धन संसदीय निर्वाचन भने सम्भावित मिति अगावै गर्न तम्सिएको छ ।

एकैचोटि तिनै तहको निर्वाचन गर्ने वा संसदीय निर्वाचन अघि गर्ने अडानका कारण निकै दवाव खेपेपछि मात्र स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको गठबन्धन कात्तिकमै निर्वाचन गर्न छलफलमा लागेको हो । स्थानीय तहमा गठबन्धन सफल भएको तथा राम्रो नतिजा प्राप्त गरेको विश्लेषणका आधारमा गठबन्धनका केहि नेता कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा पुगेका छन् । यसअघि मंसिर १० र २१ मा सम्पन्न भएको वर्तमान प्रतिनिधिसभाको कार्यकाल आगामी मंसिरमा सकिदै छ ।

समानुपातिकको सांसदहरूले फागुन २० मा मात्र शपथ लिएकाले कार्यकाल फागुनसम्म रहेने केहिको तर्क भएपनि मंसिरपश्चात मौसमी कारणले निर्वाचन सम्भव नहुने जानकारहरु बताउछन । यदि त्यसो नभए अर्को विकल्प भने वैशाखमा मात्र हुनसक्छ । जुन अहिलेको प्रतिनिधिसभाको कार्यकाल सकिने मिति भन्दा पछि भएकोले सम्भव देखिदैन । यावत कारणले मंसिरसम्ममा निर्वाचन गर्ने पर्ने बाध्यता रहेकोले यथासक्य चाडो निर्वाचनमा गर्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा देखिएका हुन ।

त्यसो भए स्थानीय चुनाव परिणामले तातिएको माहोल तथा वाम दलहरूबीचको तिक्तता पनि प्रयोग गर्न सकिने उनको बुझाई छ । अर्कातर्फ वाम गठबन्धनका कुरा समेत वहसमा आएकाले देउवा रात रहे अग्राख पलाउने डरमा देखिन्छन् । गठबन्धन सफल भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईले तत्काल वाम गठबन्धन नहुने विश्वासमा देउवा रहे पनि माओवादीको सुधारिएको हैषियत र विगतको उदाहरणले भने पूर्ण विश्वास गर्ने अवस्थामा उनी छैनन् । यहि कारण कात्तिक मसान्तभित्र संघीय निर्वाचन सम्पन्न गरिसक्ने पक्षमा रहेको देउवा देखिएका हुन ।

तर देउवाको प्रयास त्यति सहज भने देखिँदैन । एकातर्फ स्थानीय तह निर्वाचनको नतिजाका कारण एकीकृत समाजवादी निर्वाचनको मिति तोक्नेबारे उत्साहित देखिएको छैन भने वामगठबन्धन भए कम्तिमा एकीकृत समाजवादी र एमाले नै एक हुने सम्भावना बढि देखिएको छ । आफूलाई सबैभन्दा वढि फाईदा दिएको फुट शक्ती नै जुटमा गए त्यसको हानी हुने डर कांग्रेसमा देखिएको छ । यता माओवादी अध्यक्ष प्रचण्डले पनि कांग्रेसका नेताहरुमा दम्भ देखिए एमालेझैँ तह लगाउन बाध्य हुने अभिव्यक्ती नै दिएका छन । कांग्रेसका नेताहरूको व्यवहार हेर्दा एमालेमा जस्तै दम्भ बढ्ने हो कि भन्ने देखिएको प्रचण्डको आशंका छ ।

पहिलेबाटै कमजोर धरातलमा बनेको तथा आफूलाई मात्र फाईदा भएको गठबन्धन लामो समय नकिटिक्ने डर देउवामा अझ बढेको छ । अर्कातर्फ निर्वाचन कहिले गर्ने भन्ने निर्णय र गठबन्धन कहिलेसम्म कायम राख्ने निर्णय समेत प्रचण्डकै हातमा गएको छ । फलत स्थानीय तहमा जस्तै गठबन्धनको रस चुस्ने रणनितिमा रहेका देउवा एकातर्फ यही गठबन्धनले आगामी संघ र प्रदेशसम्मै निरन्तरता पाउने विश्वास दिलाउन व्यस्त छन भने अर्कोतर्फ चाडो निर्वाचन गराएर जोखिम कम गर्ने दाउमा देखिएका हुन । यद्यपी महामन्त्री विश्वप्रकाश शर्मा भने जितलाई लिएर हौसिने र हतारमा आगामी निर्णय लिने पक्षमा कांग्रेस नरहेको बताउछन ।

यता प्रतिपक्षी दल नेकपा एमालेले यसअघिबाटै जुनसुकै समयमा हुने निर्वाचनमा जान तयार रहेको प्रतिक्रिया दिदै आएको छ । तर देउवालाई उनकै नेताहरुलाई सम्झाउनु चुनौतीपूर्ण देखिन्छ । हतार गर्न नहुने पक्षमा रहेको कांग्रेस नेताहरु तत्कालै संसदीय चुनावमा गए स्थानीय तह चुनावको चित्त दुखाई प्रकट हुने कुरा नजरअन्दाज गर्न नमिल्ने पक्षमा छन् । यो परिस्थितीमा विगतमा पनि पेलेरै आफ्ना निर्णय पास गराएका देउवा यसपटक पनि सोहि बाटोमा हिड्लान त ? त्यो भने हेर्न बाँकी छ ।