Breaking

प्रधानमन्त्री देउवाले बालेनलाई भने- हाम्रो पूर्ण समर्थन हुनेछ


प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवाले उनलाई मेयर भएको बधाई समेत दिएका थिए ।

तपाईले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले भने,‘काम पर्दा मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ ।

कार्यपालिकामा नि काँग्रेस को बहुमत छ विकासको काममा सहयोग हुनेछ । फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला ।