Breaking

सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि : प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए ।

पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले माओवादीप्रति जनताको मोह भंग नभइसकेको बताए । तर सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको टिप्पणी गरे ।

तेस्रो शक्तिका रुपमा माओवादीले कहिले एमालेको त कहिले कांग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको भन्दै उनले भने, ‘हाम्रा बाध्यता पनि छ, आवश्यकता पनि छ, कमीहरु पनि होलान् ।