काठमाडौँ — रासायनिक मलको नाममा सरकारसँग अहिले ११ हजार एकसय मेट्रिकटन डीएपी, तीनसय ७७ मेट्रिकटन युरिया मात्र मौज्दात छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रमा मात्र होइन, देशभरको तथ्याङ्क हो यो । मल छैन भनेर सरकारले हात उठाइसकेको अवस्था छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग पनि मल मौज्दात छैन । तत्काल किसानलाई मकै र चैते धानका लागि युरिया मल चाहिएको छ ।
तर किसानलाई एक केजी युरिया दिने हैसियतमा सरकार छैन । किसानहरू दिनका दिन मलका लागि विक्री केन्द्र धाउने गरे पनि निराश भएर फर्कन बाध्य छन् ।


प्रतिक्रिया