काठमाडौँ — पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद सुरेन्द्र प्रसाद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको बताउनु भएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिए पनि केही फरक नपर्ने बताउनु भएको हो । सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने कताएका छन् । साथै उनले वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याएको भए पनि राम्रो हुने तर्क गरे ।
यनले भने वृद्धभत्ता जतिसुकै कुरा गरे पनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् ।’
नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्दै । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको जिकिर गरे ।


प्रतिक्रिया