Breaking

भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौँ फर्कियो


काठमाडौँ – काठमाडौँबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौँ विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौँबाट ३० नटिकल माइल उडेको विमान काठमाडौँ फिर्ता हुँदा केही समय काठमाडौँ विमानस्थल बन्द गरिएको थियो ।

विमान सकुशल काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले बताए ।