काठमाडौँ — नेपाल क्रिकेट संघ क्यान विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदको विषयमा मुद्दा परेको हो । क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाई बेचेको छ । लिगको अधिकार बेच्दा टेन्डर आह्वान नगरेको भन्दै मुद्दा परेको हो ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी अख्तियारले यो मुद्दाको विषयमा छानविन प्रकृया थालनी गरेको जानकारी दिए । आयोगमा क्यानको लिगल राइट्सको विषयमा मुद्दा परेको थियो ।
त्यसको छानविन प्रकृया सुरु भएको छ,’ भण्डारीले रातोपाटीसँगको कुराकानीमा भने । क्यानको यसै अधिकार बिक्रि सम्बन्धमा सर्वोच्च आयोगमा मुद्दा पनि परेको छ । एभरेष्ट प्रिमियर लिग आयोजक र इपीएलका टिम मालिकहरुले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
प्रतिक्रिया