काठमाडौँ — ताप्लेजुङको सबुवाखोलाको कालीदहमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
आठराई त्रिवेणी गाउँपालिका ३ हाङ्पाङ र वडा नं ५ को चाँगेको सीमानामा पर्ने सबुवाखोलामा पौडी खेल्ने क्रममा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमाका निमा शेर्पाका २० बर्षिय छोरा ङिमा शेर्पा रहेको प्रहरी नायव उपरीक्षक डिएसपी कैलाश राईले जानकारी दिएका छन् । शव पोष्टमार्टम पछि आफन्तलाइ जिम्मा लगाइएको समेत प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया