Breaking

महानगरको समस्या तत्काल सम्बोधनका लागि टास्क फोर्स बनाउने निर्णय


काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले महानगरको यावत् समस्या तत्काल सम्बोधनका लागि टास्क फोर्स बनाउने निर्णय गरेका छन् । सोमबार नगरसभाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र टास्क फोर्समार्फत तत्काल एक्सन लिने बताए ।

यसका लागि पहिलो चरणमा दुईवटा टास्क फोर्स बनाउने र आवश्यक बमोजिम थप फोर्सहरु बनाउने उनले बताए । महानगरभित्रको पानी, ढल, सडकको मर्मत सम्भार तथा विस्तारको सवालमा संघीय सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग, खानेपानी मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरिने बताए ।