काठमाडौँ — कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मिरूना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका(२ घर भएका २४ वर्षीय फुर्वा तामाङ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनले अभिनेत्री मगरमाथि अभद्र व्यवहार गरेको आरोप छ ।
काठमाडौं महानगरपालिका ११ स्थित सिभिल मलको सातौं तलामा रहेको क्याफेमा बसिरहेको बेलामा नायिकामाथि अभद्र व्यवहार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए ।


प्रतिक्रिया