काठमाडौँ — आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो । थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनका अनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक(पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ । हिराचनका अनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित गरिएको छ ।
Breaking


प्रतिक्रिया