Breaking

वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई स्वदेशमै उद्यमका लागि प्रोत्साहन गर्न च्यालेन्ज


काठमाडौँ — सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई स्वदेशमै उद्यमका लागि प्रोत्साहन गर्न च्यालेन्ज फन्ड सञ्चालनमा ल्याउने घोषणा गरेको छ परियोजनाका आधारमा सरकारले ऋण पनि दिने भएको छ। यस्ता व्यवसायका लागि भेन्चर क्यापिटलमार्फत् पुँजी व्यवस्थापन गरिने भएको छ।

आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्। यो फन्डमार्फत युवाहरूलाई सहुलियत ऋण उपलब्ध गराउने सरकारले बताएको छ । यसअघि पनि सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई देशमा उद्यम गर्न सुरुआती पुँजी १० लाखसम्म सहुलियत रुपमा ऋण उपलब्ध गराउने घोषणा गरेको थियो। तर यो प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।