Breaking

सम्पर्कविहीन तारा एयरको जहाजमा १९ यात्रु थिए


काठमाडौँ — पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो । नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए ।