Breaking

वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् ।

१५औं गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएको पनि उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन पनि अपील गरेका छन् ।