Breaking

योहो टेलिभिजन चौथो वर्षमा प्रवेश


काठमाडौँ– योहो टेलिभिजन ‘एचडी’ तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारेर नेपालको पाँचौँ एचडी टेलिभिजनको रूपमा योहो टेलिभिजनको प्रसारण आरम्भ भएको थियो ।

चौथो वार्षिकोत्सवको अवसरमा टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले छोटो अवधिमै उचाइ लिन सफल भएको भन्दै दर्शक, विज्ञापनदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले योहो टेलिभिजनले पत्रकारिताको मुल्य र मान्यताभित्र रहेर टेलिभिजनहरूको भिडमा आफूलाई फरक देखाउने प्रयास गरिरहेको बताउनुभएको छ ।

‘भ्रष्टाचार र अनियमिताविरुद्ध हामीले बितेको वर्षमा खबरदारी गरेका छौँ’, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘आगामी यात्रामा हाम्रो ध्यान संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनका लागि खबरदारी गर्नु हुनेछ ।’
चौथोे वर्ष प्रवेशको अवसरमा टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले नागरिकलाई सुसूचित गर्ने र अनियमितता, भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने दायित्वबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र आमनागरिकको स्वतन्त्रतालाई अझै बलियो पार्न भूमिका खेल्ने उहाँको भनाइ छ ।
पढ्न, हेर्न र सुन्न सकिने योहो टेलिभिनज, योहो खबर डटकमले पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर इमान्दार प्रयासबाट टेलिभिजन, अनलाइन मिडियाहरुको भिडमा आफूलाई फरक देखाउने प्रयास गरेको छ ।

चार चौथो वर्षको अवधिमा दैनिक बिहान ७ बजे १० बजेसम्म समाचार बुलेटिन, समसामयिक विषयबस्तुमा ‘टक शो’ नियमित बनेका छन् । अनलाइन समाचारमा पनि भिडियोलाई प्राथमिकता दिइएको छ ।

फेसबुक लाइभ र युट्युबमा पनि दर्शक, स्रोताको संख्या बढ्दै गएको छ । विभिन्न माध्यमबाट प्राप्त सुझावलाई आगामी दिनमा व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँद छौँ ।