Breaking

प्रधानमन्त्रीको इच्छा पूरा गर्न वृद्धभत्ताको उमेर घटाइँदै


काठमाडौँ — आज दिउँसो ४ बजेट बजेट भाषण हुँदै छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार ४ बजेट बजेट भाषण हुने र त्योभन्दा १५ मिनेटअघि सांसदहरु संसद भवन छिरिसक्नुपर्नेछ ।

यही वर्ष संघ र प्रदेशको निर्वाचन समेत रहेकोले त्यसलाई समेत केन्द्रित रहेर बजेट कार्यक्रम तयार गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

अर्थ मन्त्रालयले तयार गरेको बजेट वितरणमुखी हुने देखिएको छ। यसमा केही लोकप्रिय निर्णय गर्दै कार्यक्रम छरेर बजेट विनियोजन हुने देखिएको छ।

विशेषगरी आगामी आर्थिक वर्षको बजेटले सामाजिक सुरक्षा भत्तामा विशेष निर्णय गर्ने भएको छ।

सामाजिक सुरक्षाअन्तर्गतको वृद्धभत्ता अहिले ७० वर्ष पुगेकालाई ४ हजार रुपैयाँ वितरण गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै ६५ वर्ष उमेरभन्दा माथिका वृद्धवृद्धालाई भत्ता दिने घोषणा नै गरेकोले प्रधानमन्त्रीको इच्छा पूरा गराउने निर्णय जनार्दन शर्माले बजेटमार्फत गर्न लागेका हुन् ।