Breaking

प्रचण्डले गरे बालेन र हर्कसाम्पाङको प्रशंसा, गणतन्त्रको फूलबारीमादुई फूलथपिए


काठमाडौँ — अधिकांशस्थानीयतहको निर्वाचनमतपरिणामसार्वजनिकभईसकेको छ । मुख्य स्थानहरुमास्वतन्त्रउम्मेदवारको उदय र निर्वाचनमादलहरुले पाएको मतआशाउत्साह र विकल्पको सन्देशहो । तर के जनताको आशा र भरोषामानवनिर्वाचितजनप्रतिनिधिहरु खरो उत्रिन सक्छन्?जनप्रतिनिधिकस्तो विषयमाचनाखो हुनपर्दछ त ।

संघिय राजधानीकाठमाडौ महानगरको मुहार फेर्ने अठोट र प्रतिवद्धतालाई विश्वास गरेर काठमाडौकामतदाताले दलबलभन्दामाथीउठेर स्वतन्त्रउम्मेदवार बालेन्द्र शाहलाई मेयरमाजिताए। मात्रशुद्धपीउने पानीको आशामास्थानीयले स्वतन्त्रउम्मेदवार हर्क साम्पाङलाई धरानउपमहानगरका ५ वर्षकालागिजिम्मालगाए। जनजीविकामा सुधार गर्ने लक्ष्यबोकेकायीदुवै पात्रको कुनै राजनीतिक पृष्ठिभूमि छैन ।

राजनीतिकदलबाटचुनावलड्दा नागरिकले नपत्याएका सुन्दर सुदूरपश्चिमका‘गोपीदाइ’अर्थातउर्फ गोपालहमालस्वतन्त्रकै बाटो गरि धनगढीउपमहानगरपालिका मेयर बने। तल्लो तहदेखि नै समाज राजनीतिक रुपमाविभाजित, हरेक क्षेत्रमा राजनीतिकहस्तक्षेपबाटग्रसितबनेका बेलायीपात्रहरुले स्वतन्त्र रुपमा स्थानीयतहको नेतृत्वमाहयट्रिकगरे। यीउदाहरणले स्थानीयतहनिर्वाचन २०७९ केहि ओझपूर्ण र अर्थपूर्ण रह्यो । दोस्रो कार्यकालकालागिस्थानीयतहले नेतृत्वपाएको छ ।जनताले घरदैलोको अविभावकपाएकाछन । जनप्रतिनिधिहरुकार्यथलोमापुगिसकेकाछन । तर के अनगिन्तीचुनौतीहरुको पार लगाउँदै आफ्नो योजनामार्फत नागरिकको अपेक्षा पुरा गर्न सक्लान् ?

वितेकोपाँचवर्षमाजनप्रतिनिधिले सोचेजस्तो कामनगरेको व्यापाकजनगुनासो छ । केहि छिटफुटबाहेक अधिकांश स्थानीयतहले यो पाँचवर्षमा के अर्थहिन्भ्यू टावर र अनावश्यक सडकखन्ने काम हेरे पुग्छ। मतदाताजनप्रतिनिधिसँगकति रुष्टबनेकाछनमतमार्फत जावाफदिएकाछन । अर्थात दोहोरिन चाहेका धेरै जनप्रतिनिधिले नमिठो हार वेहोर्नु प¥यो भने राजनीतिकदलहरुलाई सबक सिकाएको छ । शीर्ष नेताहरु यो विषयलाई स्वीकार्न तयार छन् । दलहरुले समीक्षागर्नुपर्ने र चयनभएकाजनप्रतिनिधिले एक–अर्कामाहातेमालो गरेर कामगर्नु विकल्पनभएको शीर्ष नेताहरुको धारण छ ।

संवैधानिकव्यवस्थाअनुसार धेरै स्थानीयतहले ऐन नियमबनाउन सकेका छैनन् । यो नवनिर्वाचितजनप्रतिनिधिको मुख्यचुनौतीहो । स्थानीयतहलाई सबल बनाउनआवधिक योजनापहिलो सर्त हो । स्थानीय सरकार सञ्चालनमातत्काल सहजीकरणगर्दै अगाडिबढ्नुपर्ने बहस सुरु पनि सुरु भएको छ ।

विगतभन्दा हरहिसावले दैनिकीथपकष्टकर उन्मूख छ । महंगीको आतंक, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, स्थानीय स्तरमा देखिएको बेरोजगारी समस्या समाधानदेखि नागरिकको जनजीविकासँगजोडिएका हरेकदायित्वजनप्रतिनिधिहरुको बाँधमा छ । नागरिककाअपेक्षा धेरै छन् । तर उपलब्ध सीमितस्रोत साधनको व्यवस्थापनगर्दै नागरिकको मन जित्नत्यति सहजभने पक्कै छैन । तर स्थानीय सरकारप्रतिको विश्वास बढाउनअसम्भवभने देखिन्न ।