काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने अन्तिम तयारीमा अर्थ मन्त्रालय छ । सरकारले जारी गरेको नीति तथा कार्यक्रमले केही बाहेक अधिकांशलाई निरन्तरता दिएको सरकारले कस्तो बजेट ल्याउला भन्ने चौतर्फी चासो बढेको छ ।
सरकारले आगामि आर्थिक बर्षका लागी आइतवार नयाँ बजेट ल्याउदैछ । कोरोना महामारी र आयात निर्यातको अन्तरले असन्तुलीत बनेको अर्थतन्त्र बचाउन अर्थमन्त्रीलाई फलामको चिउरा चपाए भन्दा बढी चुनौति छ ।
त्यस माथि पपुलर बजेटका नाममा अर्थतन्त्र बचाउने प्रयास अघिल्ला सरकारले नगरेको विज्ञले आरोप लगाइ रहदा अर्थमन्त्री सामु गठबन्धन सरकारलाई रिझाउदै मुलुकको आर्थिक अवस्था सुधार्न चुनौति छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल चुनावी सरकारले पपुलिष्ट बजेट ल्याएर नयाँ सरकारलाई आर्थिक बोझ थप्न नमिल्ने बताउछन । चुनावी सरकारले जनमतलाई दिग्भ्रमित पार्नेगरी पपुलिष्ट खालको बजेट ल्याउने अनुमति नरहेको उनको उनको तर्क छ ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले भने अर्थतन्त्र विग्रीनु केपी ओली नेतृत्वको सरकारको मुख्य कमजोरी भएको आरोप लगाउदै आएको छ । काँग्रेसका महामन्त्री गगनकुमार थापा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफै पपुलर बजेटका नाममा पैसा बढेर देशलाई कंगाल बनाएको आरोप लगाउछन् । अघिल्लो सरकारले विगारेको अर्थतन्त्र बचाउन अर्थमन्त्रीले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ बजेट ल्याउन उनको सुझाव छ ।
आयात प्रतिस्थापन गरेर मात्रै मुलुकको आर्थिक संकट हटाउने भएकाले त्यस विषयमा अर्थमन्त्री गम्भिर बन्नस पर्ने उनको धारणा छ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मुल्य वृद्धि, उत्पादनको अवस्था कमजोर लगायत कारणले अर्थतन्त्र विग्रएको बतउदै आएका छन । प्रचण्ड कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नु पर्ने बताउछन । मूल्य वृद्धि नरोकिए भान्साबाटै विद्रोह सुरु हुनसक्ने उनको चेतावनी छ ।
उच्च कर्जा वृद्धिसँगै उचालिएको आयात र उच्च आयातले चर्काएको तरलता समस्याबीच आउँदो आर्थिक वर्षको बजेट विषेश हुने अपेक्षा गरिएको छ । आगामी बजेटका आधारभूत आधार र चुनौतीहरू अन्य वर्षका भन्दा केही फरक पक्कै हुनेछन । यतिवेला विभिन्न कारणले थलिएको अर्थतन्त्र बचाउनलाई सस्तो लोकप्रिय नभएर रूपान्तरणकारी बजेट चाहिएको छ ।


प्रतिक्रिया